|

च्याम्पियन्स लिगको सेमिफाइनल ड्र शुक्रबार सार्वजनिक भएको छ। यसमा जारी सिजन च्याम्पियन्स लिगमा दबदबा बनाइरहेको स्पेनिस जाइन्ट रियल म्याड्रिडले जर्मन च्याम्पियन वार्यन म्युनिखविरुद्ध सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएको छ।

त्यस्तै, अर्को सेमिफाइनलमा इटालियन क्लव रोमाले इंलिस क्लव लिभरपुलको सामना गर्नेछ। रियलले युभेन्टसलाई तथा वार्यनले सेभिल्लालाई पराजित गरेको थियो। लिभरपुलले म्यानचेस्टर सिटी तथा रोमाले बार्सिलोनालाई पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरेका थिए। सेमिफाइनलको पहिलो लेग २४ अप्रिल र दोस्रो लेग १ मेमा हुनेछ। त्यसको विजेताले मे २६ मा युक्रेनमा हुने फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

फाइनल प्रवेशका लागि आर्सनल र एथलेटिको भिड्ने

युरोपा लिगको सेमिफाइनलमा इंलिस टोली आर्सनलले स्पेनिस टोली एथ्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्ने भएका छन्। शुक्रबार नै सार्वजनिक ड्रअनुसार उपाधिका दाबेदार मानिएका यी दुई टोली सेमिफाइनलमै खेल्न लागेका हुन्। अर्को सेमिफाइनलमा फ्रान्सेली टोली मार्सेली र अष्ट्रियाको सल्सबर्गबीच प्रतिस्पर्धा हुनेछ। युरोपा लिगको सेमिफाइनल पहिलो लेग अप्रिल २६ र दोस्रो लेग मे ३ मा हुँदै छ। फाइनल १६ मेमा आयोजना गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.