|

काठमाडौं : प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको सुनुवाइ गर्न बसेको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ। उनको सुनवाइ बीचमै रोकिएको हो। संसदीय सुनुवाइ समितिको बैठक मंगलबार बिहान ११ बजे बस्ने छ।

संसद सेवाका कर्मचारीको आन्दोलनका कारण संसदीय सुनुवाइ बैठक प्रभावित भएको हो। संसदीय सेवाका कर्मचारीले साउन यताको कार्यालय समयभन्दा अघिपछि काम गरेको सेवासुविधा नपाएको भन्दै बैठकबाट बाहिरिएपछि बैठक स्थगित भएको हो।

संघीय संसद सचिवालय कर्मचारी युनियनका अध्यक्ष मेघराज अर्याल आफूले पाउनु पर्ने सुविधाको माग गर्दै पुस १ गतेदेखि नै असहयोग आन्दोलन गरेको तर माग सम्बोधन नभएकाले आफूहरू कार्यालयबाट बाहिरिन बाध्य भएको बताए। 'आफ्नो माग पूरा नभएकाले नै हामी बाहिरिन बाध्य भएका हौँ,' उनले भने, 'यो सन्देश मात्रै हो।' यसअघि संसदका कर्मचारीले विज्ञप्ति जारी गर्दै १०-४ भन्दा अघिपछि काम नगर्ने बताएका थिए।

सम्बन्धित समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.