|
सन्दीपलाई डेब्यु क्याप प्रदान गर्दै कप्तान पारस खड्का

काठमाडौं : नेपालका युवा ब्याट्सम्यान सन्दीप जोरा अन्तर्राष्ट्रिय टी-२० मा अर्धशतक बनाउने कम उमेरका खेलाडी बनेका छन्। 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपालका युवा ब्याट्सम्यान सन्दीप जोरा कम उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटको टी-२० संस्करणमा अर्धशतक प्रहार गर्ने खेलाडी भएको उल्लेख गरेको छ। आइसिसीले सामाजिक संजाल ट्विटरमा उक्त जानकारी लेखेको हो। सन्दीपले १७ वर्ष १०३ वर्षको उमेरमा अन्तर्राष्ट्रिय अर्धशतक प्रहार गरेका हुन्। 

युएई र नेपालबीच युएईको आइसिसी ग्लोबल एकेडेमी क्रिकेट ग्राउन्डमा बिहीबार सम्पन्न खेलमा सन्दीपले अविजित रहँदै ४६ बलमा ५३ रन बनाएका थिए। नेपाल यो खेलमा जीत निकाल्न भने चुक्यो। तीन खेलको टी-२० को श्रृंखलाको पहिलो खेलमा सन्दीपले ४२ बलमा अर्धशतक (५० रन) प्रहार गरेका थिए।

सन्दीपले युएईमा यसअघि भएको एकदिवसीय खेलका क्रममा नै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। सन्दीपलाई कप्तान पारस खड्काले गत सोमबार भएको युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा 'डेब्यु क्याप' दिएर मैदानमा स्वागत गरेका थिए। 

सन्दीप सुदूरपश्चिम प्रदेशको कंचनपुर जिल्लाका स्थानीय बासिन्दा हुन्। उनका बुबा भारतीय सेनामा कार्यरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.