संखुवासभा : जिल्लाको सिलिचोङ गाउँपालिका-१ होयङ्लामा सोमबार बिहान प्रहरीसँग भएको गोली हानाहानपछि प्रहरीले एकजनालाई एसएलआर राइफलसहित पक्राउ गरेको छ
उक्त कुराको पुष्टि जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी मिम लामाले गरेका छन्। जिल्ला प्रहरी कार्यालयले बिहीबार निकालेको विज्ञप्तिमा एसएलआरसहित ओखलढुंगाको चिसखुगढी गाउँपालिका-७ निवासी निमदोर्जी तामाङ पक्राउ परेका हुन्।
गोलीकाण्डपछि पक्राउ परेका उनकै सूचनाको आधारमा प्रहरीले सिलिचोङके होयाङ्ला मयङ्दस्थित ढुंगाको ओढारमा लुकाएको अवस्थामा एक राउण्ड गोली च्याम्बर लोड भएको एसएलआर राइफल बरामद भएको हो ।
उक्त राइफलसँगै १० राउण्ड गोली लोड भएको म्यागजिन एउटा १, एलएमजी राइफलमा लाग्ने म्यागजिनसहित २० राउण्ड गोली, झोलामा राखिएको एसएलआर राइफलको गोली ५४ थान र बिष्फोटन गराउन प्रयोग गरिने रातो रंगको ३४ फिट लामो डेडकर्ड पनि बरामद भएको डिएसपी लामाले बताए।

प्रहरीले खानतलासीका क्रममा एनसेलको सिम भएको एक थान मोबाइल, स्लिपिङ ब्याग, झोला, कार्ल मार्क्स व्यक्तित्व र कृतित्व लेखिएको किताब एउटा, खाली डायरी एउटा र एसएलआर राइफलको गोलीको खोका १३ थान बरामद भएको पनि जानकारी दिएको छ।
सम्बन्धित समाचार
संखुवासभामा प्रहरी र विप्लवका कार्यकर्ताबीच गोली हानाहान
संखुवासभा-भोजपुरमा विप्लवको सेल्टर खोज्दै प्रहरी
प्रहरीसँग गोली हानाहान : विप्लवका तीन कार्यकर्ता बेपत्ता!
संखुवासभा गोलीकाण्ड : डिआइजी ठाकुर ज्ञवाली खाँदबारी पुगे
तपाईंको ईमेल गोप्य राखिनेछ ।