|

काठमाडौं : सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उक्त विधेयक प्रस्तुत गरेका हुन्।

डा. गोविन्द केसीको माग र प्राडा केदारभक्त माथेमा कार्यदलको प्रतिवेदन अनुसार उक्त विधेयक संशोधन गरेर पारित गर्ने यसअघि नै सहमति भएको छ। यो विषयमा संसद र सडकमा व्यापक बहस भएको छ। यसै विषयलाई लिएर पछिल्लो पटक केसी २७ दिन अनशन बसेका थिए। उनको यो १५औँ अनशन थियो।

'चिकित्सा शिक्षाको क्षेत्रमा सरकारको लगानीलाई अभिवृद्धि गर्दै चिकित्सा शिक्षालाई नेपालको राष्ट्रिय आवश्यकता अनुरुप विकास गर्न', उक्त विधेयक ल्याइएको मन्त्री पोखरेलले जानकारी दिए।

मन्त्री पोखरेलले विधेयकमा चिकित्सा शिक्षासम्बन्धि शिक्षण संस्थालाई व्यवस्थित र नियमन, स्थापना गर्न एवं चिकित्सा शिक्षाको नियमनलाई एकीकृत तथा व्यवस्थित बनाउन राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याएको बताए। विधेयकमा चिकित्सा शिक्षाको गुणस्तर, पेसाधर्मिता र पेशागत जवाफदेहितालाई व्यवस्थित गरिएको बताए।

उनले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले विपन्नको पहुँचमा यो शिक्षा पुर्‍याउने उद्येश्य लिइएको बताए।

प्रतिनिधिसभाको बैठक १३ गते आइतबारसम्मका लागि स्थगित भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.