छिट्टै अपराधी सार्वजानिक गर्छौँं : प्रहरी

|

उदयपुर : बलात्कारपछि हत्या भएको अनुमान गरिएकी एल्जिना खड्का परिवारले अपराधी पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिएका छन्। एल्जिनाका बुबा दुर्गाबहादुर खड्काले बलात्कारपछि हत्या गर्ने अपराधी पक्राउ परेपछि मात्रै शव बुझ्ने अडान लिएका हुन्। 

मृतक एल्जिनाका बुबा दुर्गाबहादुर खड्काले अपराधी किटान गरेर प्रहरीले सार्वजानिक नगरिकन शव नबुझ्ने बताएका हुन्। उनले भने, ‘छोरीको अपराधी यहिँ हो भनेर पुष्टिसहित प्रहरीले सार्वजानिक नगरीकन शव बुझ्दिनँ। उनले दोषीलाई कारबाही हुनुपर्ने माग गरेका छन्। 

दयपुर रौतामाई गाउँपालिका ३ की १३ वर्षीया एल्जिनाको शनिबार हत्या भएको थियो भने आइतबार शव भेटिएको थियो। जंगलमा बाख्रा चराउन गएकी उनको बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरी र घटनास्थलमा पुगेका स्थानीयले आशंका गरेका छन्। उनको शव पोष्टमार्टमका लागि  विपी कोइराला विज्ञान प्रतिष्ठान धरान लगिएको छ। 

उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले थप एकजनालाई नियन्त्रणमा लिएको छ। यसअघि पाँच जनालाई उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको उदयपुर प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए। उनले छिट्टै अपराधी सार्वजनिक गर्ने बताए। ‘हामीले केही व्यक्तिलाई शंकाका आधारमा नियन्त्रणमा लिएर बयान लिइरहेका छौँ’, उनले भने, 'पोष्टमार्टमको रिपोर्ट आएपछि अपराधी सार्वजानिक गर्ने जिल्ला प्रहरीको तयारी रहेको छ। हामी सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौँ। शव बुझाउने बेलासम्म अपराधी यकिन गर्नेछौँ।’

सम्बन्धि समाचारः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.