|

काठमाडौं : कोष तथा लेखा नियन्त्रक कार्यालय र महालेखा नियन्त्रक कार्यलयका कर्चमारीको काम प्रति अर्थमन्त्रालय र महालेखा परिक्षकको कार्यलले सेचत गराएको छ। आइतबारदेखि शुरू भएको सार्वजनिक वित्तीय व्यवस्थापन: राष्ट्रिय गोष्ठीको क्रममा अर्थमन्त्री डा. युवराज खतिवडा र महालेखा परीक्षक टंकमणि शर्माले चेक काट्ने र नकाट्ने कर्मचारीलाई सेचत गराएका हुन्।

अर्थमन्त्री डा. खतिवडाले लेखा अधिकृतहरूकै कारण असारे विकासमा सहयोग पुगेको भन्दै त्यस्ता कर्मचारीको ध्यानकर्षण गराएका हुन्। 'हामीले भनिरहेको असारे विकास हाम्रो लेखाको कारण पनि भएको छ' अर्थमन्त्री खतिवडाले भने 'सबै प्रकिया पूरा भएका र कागजात पुगेको चेक नकाट्ने कर्मचारीहरू हामीले नजिकबाट निकाएका छौँ।'

असारमा चेक काट्नको लागि जानेहरू प्रति निगरानी पनि बढाएका छौँ

महालेखामा जान हतार गरिरहेका केही कर्मचारीहरूप्रति पनि निगरानी गरेको उनको भनाइ रहेको छ। 'धेरै कामको लोड भएको ठाँउमा गएर क्षमता देखाउँछु भन्नेहरू प्रति हाम्रो सहयोग नै रहन्छ अर्को वर्ष पुरस्कार पनि दिन्छौ तर असारमा चेक काट्नको लागि जानेहरू प्रति निगरानी पनि बढाएका छौँ' खतिवडाले भने।

अर्थमन्त्री खतिवडाले चेक नकाट्ने कर्मचारीमाथि निगरानी गरिहरेको बताउँदा महालेखा परीक्षक टंकमणि शर्मा (दंगाल)ले भने जथाभाबी चेक काट्ने कर्मचारीलाई सचेत गराए। उनले बेरूजुमा रहेको रकममध्ये ४५ प्रतिशत रकम लेखा अधिकृतले सचेत नहुँदाको कारण आएको बताए।

'हामीले केही प्रविधिगत सुधार गर्‍यौ भन्यौ गरेका पनि छौं सजिलो पनि भएको होला, तर तीन दशक अघि महालेखा नियन्त्रकको कार्यालयको कार्यन्वयन क्षमता जस्तो थियो अहिले पनि त्यस्तै रहनुले सुधारको के अर्थ लाग्यो' शर्माले भने। उनले कमर्चारीहरूलाई अनुशानमा बसेर काम गर्नको लागि समेत निर्देशन दिएका छन्।

माथिको आदेश भनेर सिधा चेक काट्ने कर्मचारीप्रति शर्मा आक्रोशित भएका थिए। 'मैले केही चेकको भौचर मागे त्यहाँ माथिको आदेश भनेर काटिएको रहेछ, माथि भनेको हामीले के बझ्ने' शर्माले भने 'काम गर्दै जाँदा हुने सामान्य गल्तिमा हामी छलफल गर्छौ तर नियतबस काम विगार्नेलाई हामीले छुट दिन सक्दैनौ'।

माथिको अदेश अडिटले चिन्दैन राजनीतिक दबाब आउछ भने तपाइको सचिव मार्फत अर्थमा पठाउनुस्

शर्माको कुरालाई थप्दै अर्थमन्त्री खतिवडाले लेखामा राजनीतिक दबाब हुने गरेपनि अर्थमा पठाइदिन आग्रह गरे। 'माथिको अादेश अडिटले चिन्दैन राजनीतिक दबाब आउछ भने तपाइको सचिव मार्फत अर्थमा पठाउनुस्' खतिवडाले भने 'महत्वपूर्ण ठाउँमा बसेका व्यक्तिहरूले उच्च व्यवसायीकता कायम गरेर काम गर्नु पर्छ।' अर्थमन्त्री खतिवडाले करदाताहरूलाई आफूले एक एक रुपैयाँको खर्चको विवरण दिन तयार रहेको प्रतिवद्धता जनाएको भन्दै सोही अनुसार काम गर्नको लागि समेत निर्देशन दिए। उनले कर दिवशको अवसरमा गरिएको कार्यक्रममा करदाताहरूलाई आफू एक एक रुपैयाँ हिसाव देखाउन तयार रहेको बताए।

अर्थसचिव डा. राजन खनालले वित्तीय संघीयतामा गर्नुपर्ने कतिपय तयारी पूरा हुन नसकेको कारण अहिले कार्यस्थलमा समस्या पर्ने गरेको बताए। उनले संघीयता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायले नजिकबाट हेरेकोले खर्च पारदर्शितामा ध्यान दिनको लागि आग्रह गरे। महालेखा नियन्त्रक सुरेश प्रधानले सार्वजनिक वित्तीय उत्तरदायीत्व उच्च राख्न आफू र आफू मातहतका कर्मचारी क्रियशिल रहने बताए। उनले सावा १३ खर्बको बजेट आफू महातहतका व्यक्तिहरूबाट जाने भएको कारण पनि उचीत सतर्कता अपनाई खर्च पारदर्शिता कायम राख्न निर्देशनसमेत दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.