बझाङ

  • डोजर पल्टिँदा चालकको मृत्यु

    बझाङ : जिल्ला सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।  चैनपुरस्थित पुरानो बसपार्कमा गएराति १० बजेतिर डोजर दुर्घटना हुँदा चालक बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचन...

  • सूचना आयोगले बुंगल नगरपालिकासँग माग्यो लिखित जवाफ

    बझाङ : राष्ट्रिय सूचना आयोगले बझाङको बुंगल नगरपालिकासँग सातदिने लिखित जवाफ माग गरेको छ।  पत्रकार सुरेश धामीको पुनरावेदनका आधारमा आयोगले नगरपालिकासँग जवाफ मागेको हो। धामीले सूचनाको हकसम्बन्धी ऐनअनुसार सूचना माग गर्दै नगरपालिकाका सूचना अधिकार...

  • पाँच वर्षभित्र युवालाई पालिकामै रोजगारी दिने नीति निर्माण गर्दै थलारा

    बझाङ : बझाङको थलारा गाउँपालिकाले पाँच वर्षभित्र युवाहरूलाई पालिकामै रोजगारी दिने गरी रोजगार नीति निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले बताए। बुधबार एक कार्यक्रममा बोल्दै अध्यक्ष रोकायाले देशमा आन्तरिक रोजगारी पर्याप्त नभइरहेको अवस्था वैदेशिक रोजगार...

  • श्रमदान गरी खेल मैदान बनाउँदै मष्टाका प्रतिनिधि

    बझाङ : बझाङको मष्टा गाउँपालिका–६ ले गाउँपालिकाभित्रका विकासका योजना निर्माणका लागि महिनाको २ दिन जनश्रमदान गर्नु पर्ने नियम बनाएको छ। ​सोहीअनुरुप मंगलवारदेखि बझाङको मष्टा गाउँपालिकाका जनप्रतिनिधिहरु स्थानीयसँगै जनश्रमदानमा जुटेका छन्। गाउँपालिकाले म...

  • जोखिमयुक्त गर्भवतीलाई सुत्केरी गराउन बझाङबाट हेलिकोप्टरले सुर्खेत लग्यो

    बझाङ : बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ बस्ने धनबहादुर थापाको श्रीमती ३२  वर्षीया सुनिता थापाको आज सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। हिजो आइतबारदेखि उनलाई सुत्केरी बेथा लागेर अत्यधिक ...

  • बझाङमा ४.१ रेक्टर स्केलको भूकम्प

    बझाङ : बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। आज साँझ ६:४४ बजे बझाङ सदरमुकाम र आसपासमा भूकम्प धक्का महसुस गरिएको हो। सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो। गत असोज १६ गते गएको भूकम्पको परकम्प रहेको भूकम्पविद् लोकविजय अधिकारील...

  • बझाङमा ९१ केजी गाँजासहित तीनजना पक्राउ

    बझाङ : जिल्लाको खप्तडछान्ना गाउँपालिकामा प्रहरीले ठूलो परिमाणमा गाँजासहित ३ जनालाई पक्राउ गरेको छ। आइतबार साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलिले घर खानतलासी गर्ने क्रममा लागुऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको हो। प्रकाउ पर्नेमा खप्तडछान्ना ...

  • बझाङमा भूकम्पको धक्का

    बझाङमा भूकम्पको धक्का महशुस गरिएको छ। आज बिहान ११ : ३७ बजे बझाङको तलकोट गाउँपालिका धमेना केन्द्रबिन्दु भएर ४:५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।  पटकपटकको पराकम्पबाट त्रसित स्थानीयहरु अहिले भूकम्पको त्रासले खुल्ला चौरमा निस्किएका ...

  • सेती नदीमा बगेर एकजना बेपत्ता

    बझाङ : बझाङमा एकजना सेती नदीमा बगेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा मष्टा गाउँपालिका -४ आग्राका ४७ वर्षीय सुरेन्द्र कठायत रहेका छन्। उनी आज दिउँसो करिब २ बजेतिर सेती नदीमा गाईको बाछो तराउने क्रममा बगेर बेपत्ता भएको स्थानीय सुशील कठायतलाई उद्धृत गर्दै जिल्ला प्रहरी...

  • जिप पल्टँदा ६ जना घाइते

    बझाङ : बझाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप आज छबिसपाथिभेरा-७ खोरीमा दुर्घटना हुँदा ६ जना घाइते भएका हुन्। गाडीमा चालक विनोद धामीसहित ९ जना सवार उक्त जिप ब्रेक फेल भएर ख...

  • इजरायलमा छोरा गुमेपछि धनलालको पीडा :  ‘घर त टालियो मन कसरी टालौं?’

    बझाङ :   ‘घर त टालियो मन कसरी टालौं,’ इजरायल हमलामा परि छोरा गुमाएका जयपृथ्वी नगरपालिका–११  भोपुरका ६७ वर्षीया धनलाल आउजी सान्त्वना दिन जाने सबैसँग एकोहोरो भनी रहन्छन्। १४ दिनदेखि उनी एकोहोरो ‘छोराको मुख हेर्न पाए ह...

  • बझाङ केन्द्रविन्दु बनाएर भूकम्प

    काठमाडौं : बझाङ केन्द्रविन्दु बनाएर गएराति भूकम्प गएको छ।  भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गएराति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४.६ रेक्टरस्केलको ले जनाएको छ ।  भूकम्प धक्का बझाङका साथै सुदूरपश्चिमका अन्य जि...

  • बझाङमा सेस्मोमिटर जडान

    बझाङ : जिल्लामा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गर्न थालिएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र खानी तथा भूगर्भ विभागका विज्ञले भूकम्पीय जोखिम भएका क्षेत्रमा थप सेस्मोमिटर जडान थालेका हुन्। सदरमुकाम चैनपुरमा आधार केन्द्र बनाएर चा...

  • वर्षाले भूकम्पपीडितको बिचल्ली

    सत्यराज सिंह बझाङ : वर्षाले बझाङका भूकम्प पीडितको बिचल्ली भएको छ। मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो। भूकम्पबाट बझाङमा एकजनाको मृत्यु भएको थियो भने घाइते हुनेको संख्या २२ पुगेको छ। भूकम्पका कारण बझाङका धेरै घर चर्किएका र केही भत्किएका ...

  • मुख्यमन्त्री शाहलाई भूकम्प पीडितको बिलौना : खाना मागेर खान्छौं, घर पुनः निर्माण गरिदिनुस्

    बझाङ : गएको मंगलबार दिउसोको भूकम्पमा परी बझाङमा ठूलो भौतिक क्षति भएको छ। दिउँसोको समयमा भूकम्प आउँदा मानवीय क्षति भने हुन सकेको छैन। जिल्लाका सयौं घरमा क्षति पुगेको छ। कतिपयको घर भत्किएको छ भने, कयौँका घरमा क्षति पुगेकाले आफ्नै घरमा रात काट्न नसक्ने अवस्था रहेको छ...

  • प्रधानमन्त्रीलाई भेट्न नपाएपछि बझाङमा भूकम्पपीडितको नाराबाजी

    बझाङ : प्रधानमन्त्री प्रचण्डसँग कुरा राख्न आएका भूकम्पपीडितले आज सरकारविरुद्ध नाराबाजी गरेका  छन्। उनीहरूले प्रधानमन्त्रीलाई भेट्न नपाएको र आफ्ना पीडाको सुनुवाइ नभएको भन्दै जिल्ला प्रशासन कार्यालय बझाङको गेटमै नाराबाजी गरे। उनीहरूले बाहिर नारा लगा...

  • बझाङमा गएराति दुई भूकम्प

    काठमाडौं : बझाङको चैनपुर केन्द्रविन्दु भएर गएराति दुईपटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर ४.३  र  १२ः२३ बजे ३.९ रेक्टरस्केलको भूकम्प गएको हो। मंगलबार अपराह्न २ः४० बजे ...

  • सुदूरपश्चिममा भूकम्प अपडेट : एकको मृत्यु, २७ घाइते, ३०० घर भत्किए

    धनगढी : बझाङ केन्द्रबिन्दु भएर मंगलबार गएको भूकम्पमा परेर सुदूरपश्चिम प्रदेशमा एकजनाको मृत्यु भएको छ भने घाइते हुनेको संख्या २७ पुगेको छ। मंगलवार दिउँसो टिमुर टिप्न गाउँनजिकै जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४० वर्षीया गुनमति धामीको...

  • बझाङमा शक्तिशाली भूकम्पछि लगातार परकम्प

    काठमाडौं : बझाङमा शक्तिशाली भूकम्पपछि लगातार परकम्प गइरहेको छ।  दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलब ३ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएपछि लगातार परकम्प गइरहेको हो।  हालसम्म ४ रेक्टर स्केल माथिका चार वटा परकम्प गइसकेको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको...

  • बझाङमा खुकुरी प्रहार गरी एकजनाको हत्या

    बझाङ : जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–७मा एक जनाको हत्या भएको छ। छबिसपाथिभेरा–७ घट्टेमा ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी करिब ६० वर्षीय जैलु मण्डेलको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]