|

काठमाडौं : आज असार ४। स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ। बिहान ८ बजेबाट सुरु भएको मनोनयन दर्ता अपराह्न ४ बजेसम्म जारी रहनेछ।

सरकारले प्रदेश नम्बर २ को निर्वाचन असोज २ गतेलाई सारेपछि ३ वटा प्रदेशमा मात्रै मनोनयन दर्ता भइरहेको हो। ७ मध्ये ३ वटा प्रदेशमा वैशाख ३१ गते नै चुनाव भइसकेको छ।

आयोगका अनुसार दोस्रो चरणमा १ महानगर, ७ उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुन लागेको छ। ती स्थानमा १५ हजार ३८ जनप्रतिनिधी चुनिने छन् भने ६४ लाख ३२ हजार ७ सय ६५ जना मतदाताले मतदानमा भाग लिनेछन्। दोस्रो चरणको निर्वाचनका लागि ८ हजार ३ सय ६४ मतदान केन्द्र तोकिएका छन्।

रियलटाइम हाइलाइटस्

१९:३३

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.