|
फाइल फोटो

काठमाडौं : राष्ट्रिय सहमतिको सरकार निर्माणमा जुट्ने निर्णय गरेका सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। सोमबार बिहान माओवादी केन्द्रको कार्यालय बैठकबाट नयाँ सरकार निर्माण गर्ने जिम्मा बोकेर कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार पुगेका प्रचण्डले राष्ट्रिय सरकार निर्माणका निम्ति आफूलाई सहयोग गर्न आग्रह गरेका थिए।

संविधान कार्यान्वयन, भूकम्प्पछिको पुनर्निर्माण र राष्ट्रिय एकता कायम गर्न राष्ट्रिय सहमतिको सरकार अनिवार्य बनेको भन्दै प्रचण्डले देउवासँग सहयोग मागेको स्रोतले बतायो। देउवाले भने तत्काल राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना नभएको भन्दै सहयोग गर्न नसक्ने जवाफ दिएका छन्।

‘तपाईँको नेतृत्वमा राष्ट्रिय सरकारमा सहभागी हुने, ओलीजीको नेतृत्वमा सहभागी हुन नसक्ने कुनै कारण छैन, तत्काल राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना छैन’, देउवालाई उदृत गर्दै स्रोतले भन्यो।

माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि नेपाली कांग्रेस सहमतीय सरकारको पक्षमा नभएको स्पष्ट पारे।

सोमबारको भेटमा कांग्रेसले राष्ट्रिय सहमतिको सरकारको सम्भावना नभएको स्पष्ट पारेको बताउँदै पुनले राष्ट्रिय सरकारका लागि आफ्नो पार्टीले अन्तिमससम्म प्रयास गर्ने बताए।

सम्बन्धित समाचारहरुः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.